PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

‘उप्स सी डिड इट अगेन’ : इन्स्टाग्रामबाट फेरि गायब भइन् ब्रिट्नी स्पियर्स



‘उप्स सी डिड इट अगेन’ : इन्स्टाग्रामबाट फेरि गायब भइन् ब्रिट्नी स्पियर्स
File Photo: AP

अमेरिकी गायिका ब्रिट्नी स्पियर्स इन्स्टाग्रामबाट फेरि एक पटक गायब भएकी छिन्

बुधवार उनका फलोअर्सहरूले उनको अकाउन्ट ‘डिएक्टिभ’ भएको पत्तो पाएका थिए। उनी गत सेप्टेम्बरमा मात्रै इन्स्टाग्राममा फर्किएकी थिइन्।

उनले पछिल्लो समय आफ्नो बिग्रिएको पारिवारिक सम्बन्धको बारेमा बोल्नको लागि आफ्नो अकाउन्टको प्रयोग गरिरहेकी थिइन्। गत वर्ष टुंगिएको उनको संरक्षकताको अवधिमा उनीसँग कस्तो व्यवहार गरियो भन्नेबारे उनले बोलेकी थिइन्।

साम अस्गरीसँगको इन्गेजमेन्ट सेलेब्रेट गर्न फर्कनु अघि उनी सेप्टेम्बरमा एक हप्ता इन्स्टाग्रामबाट हराएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell