PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष झा बने महामूर्ख, ककसले पाए मूर्खको उपाधि ?

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष झा बने महामूर्ख, ककसले पाए मूर्खको उपाधि ?

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : जनकपुरधाममा होली पर्वको पूर्वसन्ध्यामा महामूर्ख सम्मेलनको आयोजना गरिएको छ। मिथिला नाट्यकला परिषदले हरेक वर्ष जनकपुरधामको जानकी मन्दिर परिसरमा उक्त सम्मेलन आयोजना गर्दै आएको छ।

परिषदले प्रत्येक वर्ष १० देखी १७ जनासम्मलाई मूर्खको उपाधि दिन्छ। जसमध्ये एक जना महामूर्ख घोषित हुन्छन्। यस वर्ष मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झालाई महामूर्खको उपाधी दिइएको छ। कार्यक्रमको समापनसँगै उनी महामूर्ख घोषित भएका हुन्।

‘महामूर्ख’को उपाधि पाएपका झालाई प्रशस्ति पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रममा ११ जनालाई मूर्खको उपाधी दिइएको थियो। प्रदेश सभा सदस्य मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश बिक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्ड लाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख, नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया, अधिवक्ता सुदिप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकलालाई शुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई बैशाखनन्दनको उपाधि दिइएको थियो।

हाँस्य व्यङ्ग्यका लागि आयोजित कार्यक्रममा कविता वाचन एवं जोगिरा पनि भएको थियो। कवितामार्फत् कविहरुले विभिन्न व्यक्तिलाई विषयगत् कटाक्ष गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell