PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

आफैँले ढालेको रुख ढाडमा बजारिँदा रम्तेलको मृत्यु



आफैँले ढालेको रुख ढाडमा बजारिँदा रम्तेलको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा रुखले थिच्दा एक जनाको ज्यान गएको छ। दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुख आफ्नै ज्यानमा बजारिँदा शुक्रवारर तुलसी भनिने भीमप्रसाद रम्तेलको ज्यान गएको हो।

 

रम्तेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन्। रम्तेलको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell