PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

लेटाङ घटनाबारे देउवाले भने : हत्यामा संलग्नले उन्मुक्ति पाउने छैन



लेटाङ घटनाबारे देउवाले भने : हत्यामा संलग्नले उन्मुक्ति पाउने छैन
नगर अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री देउवा। फोटो : रासस।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको सुन्दरहरैँचा नगरपालिका निर्माण भएको सुन्दरहरैँचा नगर अस्पतालको उद्घाटन गरेका छन्। नगरपालिकाले निर्माण गरेको ३५ शय्याको नगर अस्पतालको सोमवार प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन्।

देउवाले सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवनको पनि शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रममा उनले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्न हुनेले उन्मुक्ति नपाउने बताए। हत्यामा संलग्नलाई कारबाही गर्ने उनको भनाइ थियो।

मोरङको लेटाङ नगरपालिकामा स्थानीय र प्रहरीबिच झडप हुँदा एक जना महिला प्रहरीको मृत्यु भएपछि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

सुन्दरहरैँचा नगरपालिकामा विभिन्न कार्यक्रममा सहभागी हुन उनी सोमवार त्यहाँ पुगेका हुन्। देउवा आजै खोटाङ जाने कार्यक्रम रहेको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न उनी खोटाङ जाने भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell