PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

अबको निर्वाचन माओवादी केन्द्रका लागि ‘ब्याटल’ हो : प्रचण्ड



अबको निर्वाचन माओवादी केन्द्रका लागि ‘ब्याटल’ हो : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन माओवादी केन्द्रका लागि ‘ब्याटल’ भएको बताएका छन्। बुधवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरुको अन्तरक्रियात्मक संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनाव फरक प्रकारको युद्ध भएको बताएका हुन्।

पार्टीका नेता कार्यकर्ता निष्क्रिय हुँदा र संगठन व्यवस्थित नहुँदा प्रतिक्रियावादीहरुले कसरी आक्रमण गर्छन् भन्ने प्रतिनिधि विघटनसम्मको घटनाले देखाएको उनले बताए। प्रतिनिधिसभा विघटनको घटना संविधान विघटन र परिवर्तनकारी शक्तिमाथिको आक्रमण भएको उनले बताए।

आफूहरुले परिवर्तनको रक्षाका लागि अपील गरेको बताउँदै प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता उपलब्धिहरुलाई जोगाउन माओवादी केन्द्रले जित्नैपर्ने बताए।

'अहिलेको मुख्य काम स्थानीय तहको निर्वाचनमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्नु हो'  उनले भने।

पार्टीका कुशल नेताहरुलाई केन्द्रीय आयोगहरुमा स्थान दिने उनले आश्वासन दिएका छन्। आयोगका सदस्यहरुलाई पार्टीका निर्वाचन केन्द्रीत अस्थायी कमाण्डमा कार्यविभाजन गरेर जोडिन र फिल्डमा काम गर्न उनले निर्देशन दिए।

बैठकमा अनुशासन आयोगका सचिव अशोक रोकाया, लेखापरीक्षण आयोगका सचिव टेकनाथ आचार्य र निर्वाचन आयोगका सचिव प्रदीप पोखरेलले आ-आफ्नो आयोगको रिपोर्ट प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell