PahiloPost

Jul 3, 2024 | २० असार २०८१

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक



अनमोल र सुहाना अभिनित  ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक

काठमाडौं: फिल्म ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा अभिनेता अनमोल केसी र सुहाना थापाको प्रेम, रोमान्स र विछोडसम्मको कथालाई देखाइएको छ।

फिल्ममा सुहाना र अनमोलका साथै सलोन बस्नेत, रवि गिरी र सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सुनिलकुमार थापाको लगानी रहेको फिल्ममा झरना थापाको निर्देशन रहेको छ। फिल्मको कथा स्वर्गीय छेतन गुरूङ र झरना थापाले लेखेकी हुन्।

आगामी वैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्म दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ सँग भिड्नेछ। ठूलो बजेटको विदेशी फिल्म प्रदर्शनमा आएपनि नेपाली हलसञ्चालकले आफूलाई राम्रो शो दिने निर्माता थापाको आशा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell