PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

नेविसंघ अध्यक्ष शेर्पालाई प्रधानमन्त्री देउवाको बधाई



नेविसंघ अध्यक्ष शेर्पालाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं : नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका छन्। बुधवार शेर्पालाई कांग्रेसले नेविसंघ अध्यक्षको जिम्मेवारी दिएको हो। बिहीवार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले शेर्पालाई बधाई दिएका हुन्। बधाई भेटमा गृहमन्त्री बालकृष्ण खाणले पनि बधाई ज्ञापन गरेका थिए।

त्यस्तै शेर्पालाई महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री प्रकाशमान सिंह र डा. शशांक कोइरालाले पनि बधाई दिएका छन्। शेर्पाले आज ११ बजे नेविसंघको अनामनगरस्थित कार्यालयमा पदभार ग्रहण गर्दैछन्।

दिउँसो ११ बजे निवर्तमान अध्यक्ष राजीव ढुंगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गर्ने छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका ढुंगानाले अनामनगरस्थित नेविसंघको कार्यालयमा पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष शेर्पालाई स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको ३ महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेट दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell