काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समिक्षा हुने भएको छ। स्थानीय तह निर्वाचन तयारीका लागि फागुन २९ गतेबाट शुरु भएको एक महिने अभियानको आज पार्टीको केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकमा प्रारम्भिक समिक्षा हुन लागेको हो।
बैठक दिउँसो २ बजेका लागि डाकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा संसदीय समिति गठन, निर्वाचनमा चुनावी तालमेल र टिकट वितरणका विषयमासमेत छलफल हुने बताइएको छ।