PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

'देउवाको एकाधिकार मान्दैनौ' भन्दै सानेपामा जुलुश



'देउवाको एकाधिकार मान्दैनौ' भन्दै सानेपामा जुलुश

काठमाडौं : नेविसंघको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेपछि असन्तुष्ट पक्ष कांग्रेस पार्टी कार्यालय सानेपाअघि विरोधमा उत्रिएको छ। बुधवार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दुजाङलाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका हुन्। दुजाङ देउवा निकट विद्यार्थी नेता हुन्।

पार्टीमा डा शेखर कोइराला पक्षको सुझावविनै अध्यक्ष तोकिएको भन्दै उनी निकट विद्यार्थीहरु सानेपामा विरोधमा उत्रिएका हुन्। 'अरु केही जान्दैनौ, एकाधिकार मान्दैनौ' नारा लगाउँदै विद्यार्थी नेताहरु सानेपामा जुलुशमा उत्रिएका हुन्। विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि सानेपामा बाक्लोमात्रमा प्रहरी खटाइएको छ।

तरुण दलको अध्यक्षमा पनि देउवा निकट नेताविद्वान गुरुङलाई नियुक्त गरिएको छ। यसमा पनि शेखर पक्षले आपत्ति जनाएको छ। कांग्रेस केन्द्रीय समिति बैठकको छेको पारेर विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell