PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको उत्तर कोरियाको दावी



अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको उत्तर कोरियाको दावी
PHOTO: NORTH KOREA STATE MEDIA/BBC

उत्तर कोरियाले बिहीवारको परीक्षणमा आफ्नो सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसीबीएम)को सफलतापूर्वक प्रक्षेपण गरेको दावी गरेको छ।

‘ह्वासोङ-१७’ नाम दिइएको यो मिसाइल पहिलो पटक २०२० मा एक परेडका क्रममा अनावरण गरिएको थियो। त्यतिबेला यसको विशाल आकारले अनुभवी विश्लेषकहरूलाई समेत आश्चर्यचकित पारेको थियो।

बिहीवारको प्रक्षेपण २०१७ पछिको उत्तर कोरियाले गरेको पहिलो आइसीबीएम परीक्षण हो।

आइसीबीएम अमेरिकासम्म पुग्न सक्ने लामो दुरीका मिसाइलहरू हुन्। उत्तर कोरियालाई यसको परीक्षण गर्न प्रतिबन्ध लगाइएको छ, र यसअघि आइसीबीएम परीक्षण गरेकोमा उसमाथि ठूलो प्रतिबन्ध लगाइएको थियो।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ-उनले बिहीवारको परीक्षणलाई प्रत्यक्ष रुपमा निर्देश गरेका थिए।

‘कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेशनल पिस’का अंकित पाण्डाले यो प्रक्षेपणलाई उत्तर कोरियाको आणविक हतियारको लागि ‘महत्त्वपूर्ण कोसेढुङ्गा’ भएको बताए।

उनले बीबीसीलाई भनेका छन्, ‘यो परीक्षण लामो समयदेखि टेलिग्राफ गरिएको थियो र यसले उत्तर कोरियाको आफ्नो आणविक प्रतिरोध सुधार गर्ने प्रयासलाई कायम राखेको छ।’

बिहीवारको मिसाइल प्रक्षेपणलाई जापान र दक्षिण कोरियाका सेनाहरूले ट्र्याक गरेका थिए। जापानी अधिकारीहरूले सो मिसाइन ६ हजार किमीको उचाइमा उडेको र एक घण्टा भन्दा बढी उडान पछि जापानी समुद्रमा खसेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell