PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

चीनको विमान दुर्घटना : सबै १३२ यात्रुको मृत्यु भएको आधिकारिक पुष्टि



चीनको विमान दुर्घटना : सबै १३२ यात्रुको मृत्यु भएको आधिकारिक पुष्टि
Photo: CGTN/Reuters

चीनमा दुर्घटनामा परेको विमानका दुवै ‘ब्ल्याक बक्स’ (उडान डाटा रेकर्डर) भेटिएका छन्। चाइना इस्टर्नको बोइङ ७३७-८०० दुर्घटना हुँदा विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले जनाएको छ।

खोजकर्ताहरूले दोस्रो ‘ब्ल्याक बक्स’ पहाडको भिरालो जमिनमा फेला पारेका हुन्। सो ‘ब्ल्याक बक्स’ दुर्घटनाका कारण करिब १.५ मिटर तल जमिनमुनि गाडिएको सीसीटीभीले उल्लेख गरेको छ। दुर्घटनाको प्रभावले विमानका टुक्राहरु छरपस्ट भएको र दुर्घटनास्थलमा २० मिटर गहिरो खाडल बनेको बताइएको छ।

उड्डयन अधिकारीहरूले यसअघि उनीहरूले छुट्टै ककपिट भ्वाइस रेकर्डर फेला पारेको पुष्टि गरेका थिए।

विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि भएको चीनको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ

गुआङ्सी प्रान्तको वुझाउ सहर नजिकै गत सोमवार दुर्घटनामा परेको विमानको भग्नावशेष र सम्भावित बाँचेका यात्रुहरूको उद्धारमा लामो समय टोलीहरू खटिएका थिए।

‘चाइना इस्टर्न एयरलाइन्सको फ्लाइट एमयू ५७३५ मा सवार सबै १२३ यात्रु र नौ जना चालक दलका सदस्यको मार्च २१ का दिन मृत्यु भएको छ’, चीनको नागरिक उड्डयन प्रशासनका उपमहानिर्देशक हु झेन्जियाङले पत्रकार सम्मेलनमा भने, ‘१२० यात्रुको पहिचान डीएनएबाट पत्ता लगाइएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell