काठमाडौं : तरुण दल र नेविसंघको तदर्थ समितिको नेतृत्व तोकिएसँगै असन्तुष्ट समूहले खबरदारी भेला गर्ने भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधवार तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए।
उक्त निर्णय एकलौटी भएको भन्दै डा शेखर कोइराला समूहका तरुण र विद्यार्थी नेताहरुले विरोध गर्दै आएको छ। शुक्रवार केन्द्रीय समिति शुरु हुनुअघि उनीहरुले सानेपामा प्रदर्शनसमेत गरेका थिए।
सोमवार भने बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा संस्थापनइतरले खबरदारी भेलासमेत राखेको छ। ‘न्याय र समान अवसरका लागि हाम्रो अभियानको आयोजनामा भेला दिउँसो १ बजे बस्ने बताइएको छ।