PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

अस्कर अवार्डको मञ्चमै सञ्चालकमाथि अमेरिकी अभिनेता विल स्मिथले हाने थप्पड



अस्कर अवार्डको मञ्चमै सञ्चालकमाथि अमेरिकी अभिनेता विल स्मिथले हाने थप्पड
फोटो : Reuters

अमेरिकी अभिनेता विल स्मिथले अस्कर अवार्ड कार्यक्रमको स्टेजमै कार्यक्रम सञ्चालक क्रिस रकमाथि थप्पड प्रहार गरेका छन्। आइतवार राति हलिउडमा भइरहेको सन्डे सेरेमोनीमा अस्कर अवार्ड सञ्चालन गरिरहेका स्ट्यान्ड अप कमेडियनसमेत रहेका क्रिसमाथि स्मिथले थप्पड प्रहार गरेका हुन्।

क्रिसले स्मिथकी श्रीमतीको कपालबारे ठट्टा गरेपछि उक्त घटना भएको बताइएको छ। उक्त घटनालाई संसारभरका दर्शकहरुले लाइभ हेरेका छन्। घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारहरु बनेका छन्। यद्यपि यो सच्चैको हो वा मञ्चन गरिएको थियो भन्नेबारे भने स्पष्ट हुन सकेको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell