PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मकवानपुरमा २ लाख ९४ हजार मतदाता, अघिल्लो चुनावमाभन्दा ६७ हजार बढे



मकवानपुरमा २ लाख ९४ हजार मतदाता, अघिल्लो चुनावमाभन्दा ६७ हजार बढे
फाइल फोटो।

हेटौँडा : मकवानपुरमा आउँदो बैशाख ३० गते हुने स्थानीय चुनावमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जनाले भोट हाल्न पाउने भएका हुन्। जसमा १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्यमा ६ जना मतदाता रहेका छन्।

निर्वाचन आयोगले २९ बैशाख २०७९ सम्ममा १८ वर्ष पूरा भएका नागरिकलाई समावेश गरेर मतदाताको नामावली सार्वजनिक गरेको हो।

जिल्लाको १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता हेटौँडा उपमहानगरपालिका भित्रका रहेका छन्। हेटौँडामा ५० हजार ७ सय २५ जना पुरुष, ५३ हजार ७ सय ४५ महिला र ३ जना अन्य गरी १ लाख ४ हजार ४७३ जना मतदाता रहेका छन्।

यसैगरी, सबैभन्दा कम मतदाता इन्द्रसरोबर गाउँपालिकाभित्रका रहेका छन्। यहाँ ६ हजार ४६५ जना पुरुष र ६ हजार ६ जना महिला गरी १२ हजार ४ सय ७१ जना मतदाता रहेका छन्।

त्यस्तै, थाहा नगरपालिकामा १६ हजार ६ सय ९९ जना पुरुष, १५ हजार ६ सय ७ जना महिला र १ जना अन्य गरेर जम्मा ३२ हजार ३ सय ७ मतदाता रहेका छन्।

बकैया गाउँपालिकामा १५ हजार ५ सय ९३ जना पुरुष, १४ हजार ३ सय ४८ जना महिला र २ जना अन्य गरेर जम्मा २९ हजार ९ सय ४३ जना मतदाता रहेका छन्।

त्यसैगरी, वाग्मती गाउँपालिकामा ११ हजार १ सय ९० जना पुरुष र १० हजार ८ सय ५० महिला गरेर २२ हजार ४० मतदाता रहेका छन्। आयोगका अनुसार भीमफेदी गाउँपालिकामा ८ हजार ९ सय ३५ जना पुरुष र ८ हजार ४ सय ९३ जना महिला गरेर १७ हजार ४ सय २८ जना मतदाता रहेका छन्।

मनहरी गाउँपालिकामा १३ हजार ७ सय ९ जना पुरुष र १३ हजार १२ जना महिला गरेर २६ हजार ७ सय २१ जना मतदाता रहेका छन्। मकवानपुरगढी गाउँपालिकामा ९ हजार ८ सय ९९ जना पुरुष र ९ हजार २ सय १९ जना महिला गरेर १९ हजार १ सय १८ जना मतदाता छन्।

राक्सिराङमा ८ हजार ७ सय ४७ जना पुरुष र ७ हजार ८५ जना महिला गरेर १५ हजार ८ ३२ जना मतादाता रहेका छन्। कैलाश गाउँपालिकामा ७ हजार ९ सय ९२ जना पुरुष र ६ हजार ५ सय ९४ जना महिला गरेर १४ हजार ५ सय ८६ जना मतदाता रहेको आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार मकवानपुरमा मतदान स्थलको संख्या १ सय ६५ र मतदान केन्द्रको संख्या ३ सय ५६ रहेको छ। गएको स्थानीय तह निर्वाचन २०७४ मा मकवानपुरको मतदाताको संख्या २ लाख २७ हजार ७ सय ५९ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell