PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

धनुषामा मोटरसाइकल दुर्घटनाः चार बालकको मृत्यु, एउटैमा चढेका थिए पाँच जना



सुमित मिश्र

धनुषामा मोटरसाइकल दुर्घटनाः चार बालकको मृत्यु, एउटैमा चढेका थिए पाँच जना

जनकपुरधामः धनुषाको सबैला नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चार बालबालिकाको मृत्यु भएको छ। सबैला २ मा भएको दुर्घटनामा एक घाइते भएका छन्। एकै मोटरसाइकलमा पाँच जना सवार रहेको धनुषाका डिएसपी जितेन्द्र बस्नेतले बताए।

ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको छ। अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा सबैला २ बस्ने १२ वर्षीय लक्ष्मी यादव, वर्ष १५ का राहुल यादव, १४ वर्षका सुमित यादव र वर्ष १२ का विकास यादव रहेका छन्। राहुल मोटरसाइकल चालक हुन्।

दुर्घटनामा वर्ष १९ का सुरेन्द्र यादव घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell