PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

कांग्रेसको केन्द्रीय परिचालन समितिको संयोजकमा खड्का, प्रचारप्रसार समितिमा प्रवक्ता महत



कांग्रेसको केन्द्रीय परिचालन समितिको संयोजकमा खड्का, प्रचारप्रसार समितिमा प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’को गठन गर्ने निर्णय गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

सो समितिको संयोजकमा उपसभापति पूर्णबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय समेत भएको छ। ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’को गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। जसको संयोजकमा प्रवक्ता डा प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, कांग्रेसले देशभर पार्टी सदस्यता र क्रियाशील सदस्यता वितरण सुरु गर्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell