PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हाम्रा नेताको यस्तो छ पावर, जताततै ठड्याए भ्यू टावर!



रवीन्द्र मानन्धर

हाम्रा नेताको यस्तो छ पावर, जताततै ठड्याए भ्यू टावर!

हिजो प्रचण्ड। आज ओली। भ्यू टावर उद्‍घाटनको जारी रह्यो रफ्तार। जनतासँग जोडिएर काम गर्न नसकेपछि देखाउने के त? नेताहरुले सुझाए उपाय - बनाए टावर। लहर नै चल्यो देशव्यापी। भ्यू टावर विकासको बन्यो नमूना। प्रतिस्पर्धा हुन्थ्यो त नेपालले सबैलाई जित्थ्यो - छोटो अवधिमा भ्यू टावरमय देश बनाउन। अभावका श्रृङ्खलालाई लत्याउँदै कंक्रिटका चुचुरा निर्माण गर्ने अदम्य क्षमता अरु देशका नेतामा होला त? पक्कै छैन। त्यसैले हाम्रा नेता जिन्दावाद। भ्यू टावर जिन्दावाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell