PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा



बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्दैछ। बिहान साढे १० बजेका लागि बैठक तय भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनायो।

प्रधानमन्त्री देउवा भोलि भारत भ्रमणमा जान लागेका छन्। यही भ्रमणको विषयसहित स्थानीय निर्वाचन तयारी बैठकका एजेन्डा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले सत्ता गठबन्धनका दलहरुसँग स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरिसकेको छ। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीले पनि तालमेलमा जोड दिँदै आएको छ। यो सहित समसमायिक विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell