PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

आर. मानन्धरको कवितासंग्रह ‘कवितामा आकाश’



आर. मानन्धरको कवितासंग्रह ‘कवितामा आकाश’

काठमाडौं : साहित्यकार आर. मानन्धरको कविता सङ्ग्रह ‘कवितामा आकाश’ प्रकाशित भएको छ। साहित्यिक कृतिहरु प्रकाशन गर्दै आएको मञ्जरी प्रकाशन गृहले संग्रह बजारमा ल्याएको हो।

कृतिमा - कविता, चिन्तन र दर्शन गरी तीन खण्ड रहेको छ। कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका ४९ कविता छन्। यिनलाई प्रयोगधर्मी कविता भन्न सकिन्छ।

दोश्रो खण्डमा मानव र जगत्लाई लिएर चिन्तन गरिएका ३६ कवितात्मक रचनाहरु छन्। तेश्रो खण्डमा पूर्वीय आध्यात्मिक दर्शनले भरिएका तेत्तिस ३३ रचनाहरु प्रस्तुत भएका छन्। समग्रमा यस कृतिलाई दर्शनको भावभूमिमा कविता र कवितात्मकताको प्रयोग भन्न सकिन्छ।

साहित्यकार अमर न्यौपानेले यस पुस्तकलाई आकाश–काव्य भनेका छन्।

मूलतः नेपालभाषाका लेखक आर. मानन्धर पाँच वर्षअघि ‘क्षितिजको स्पर्श’ दर्शन–साहित्यको पुस्तक लिएर नेपाली साहित्य क्षेत्रमा देखा परेका थिए। यो उनको दोश्रो नेपाली कृति हो। नेपालभाषा र अँग्रेजीमा पनि उनका कृतिहरु प्रकाशित भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell