PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उद्घाटन पूर्व जयनगरमा यसरी सजियो नेपाल आउने रेल

उद्घाटन पूर्व जयनगरमा यसरी सजियो नेपाल आउने रेल

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रुपमा जयनगर- जनकपुरधाम रेल सेवा संचालनको उद्घाटन गर्दैछन्। भारत भ्रमणमा रहेका देउवाले मोदीसँगको भेटपछि रेल उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा भारतको राजधानी नयाँ दिल्ली स्थित हैदराबाद हाउँस बाट भर्चुअल माध्यमले रेलको उद्घाटन गर्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए। रेल्वे संचालनको लागि गरिने सबै प्रकारको आवश्यक तयारी पूरा भईसकेको महाप्रवन्धक झाले जानकारी दिए।

हाल भारतको जयनगरमा रहेको रेललाई फूलैफूलले सजाइएको छ। यस्तै, जनकपुरमा पनि रेलको स्वागतको तयारी गरिएको छ।

दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरेपछि रेल्वे कुर्थाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको महाप्रबन्धक झाले जानकारी दिए।

झाले भने, ‘प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेल्वेको स्वागत गर्ने छन। उनीहरुलाई समेत त्यही रेल्वेमा चढाएर कुर्था ल्याइनेछ। कुर्थामा भौतिक पुर्वाधार मन्त्री रणुकुमारी यादवले रेल्वेमा चढेर जनकपुर सम्म आउने र त्यहाँ उदघाटनको अन्य कार्यक्रम गरिने कार्य तालिका रहेको छ।’

शनिवार रेल सेवाको उद्घाटन भएपछि आउँदो चैत २६ गतेबाट दैनिक रुपमा जयनगर देखि कुर्थासम्म दुई पटक आउने र जाने गरि रेल चल्ने महाप्रबन्धक झाले बताए। बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्ने छ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्ने छ।

त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि निस्कने छ। सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए।

जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुकी ५ बजेर १५ मिनेटमा फर्कने गरि रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताए। उनले अब रेल्वे नियमित रुपमा संचालन हुने बताए।



ट्रेन्डिङ पोस्ट

Ncell