PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भारतको जयनगरबाट जनकपुरधाम आइपुग्यो फूलैफूलले सजिएको रेल

भारतको जयनगरबाट जनकपुरधाम आइपुग्यो फूलैफूलले सजिएको रेल

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : भारतको जयनगरबाट नेपालको जनकपुरधाम रेल आइपुगेको छ। नयाँ दिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जयनगर- कुर्था (जनकपुर) रेल सेवाको उद्घाटन गरेका थिए।

हैदरावाद हाउसमा भएको कार्यक्रममा देउवा र मोदीले एकसाथ हरियो झण्डा देखाउँदै रेलको शुभारम्भ गरेका थिए। भर्चुअल माध्यमले उनीहरुले रेलको उद्घाटन गरेपछि जयनगरमा रहेको रेल नेपालको जनकपुरधामका लागि प्रस्थान गरेको थियो।

कुर्थामा भौतिक पुर्वाधार मन्त्री रणुकुमारी यादवले रेलको स्वागत गरेकी थिइन्। जनकपुरसम्म उद्घाटनको अन्य कार्यक्रम भइरहेको छ। फूलैफूले सजिएको रेल आएपछि त्यसको तस्विर र भिडियो बनाउन अहिले स्टेशनमा भिड जम्मा भएको छ।

शनिवार रेल सेवाको उद्घाटन भएपछि आउँदो चैत २६ गतेबाट दैनिक रुपमा जयनगर देखि कुर्थासम्म दुई पटक आउने र जाने गरि रेल चल्ने महाप्रबन्धक निरंजन झाले बताए। हरेक दिन बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्ने छ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्ने छ। त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि निस्कने छ। सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्नेछ।

जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुकी ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताए। उनले अब रेल नियमित रुपमा संचालन हुने बताए।



ट्रेन्डिङ पोस्ट

Ncell