PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

जनकपुरधाममा जे टी-२० क्रिकेट प्रतियोगिता हुने



जनकपुरधाममा जे टी-२० क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम : जनकपुरधाममा जे टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको आयोजना हुने भएको छ। कोरोना महामारीका कारण पछिल्लो वर्ष आयोजना हुन नसकेको सो प्रतियोगिताको दोस्रो संस्करणको आयोजना हुन लागेको हो।

धनुषा क्रिकेट संघको आयोजनामा चैत्र २६ गतेदेखि बैशाख ४ गतेसम्म आयोजना हुने क्लब स्तरीय प्रतियोगितामा नेपाल भारतका विभिन्न टिमको सहभागिता रहने संघका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु)ले जानकारी दिए। पाण्डेका अनुसार जे टी-२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेसको ८ वटै जिल्ला तथा भारतको केही टिम सहभागी हुनेछन्।

कुनै समय क्रिकेट खेलाडी उत्पादन गर्ने थलोको रुपमा जनकपुरधामलाई चिनिन्थ्यो। तर, खेल गतिविधि नै कम भएकाले खेलाडीहरुलाई विस्थापित हुनु परेको दुखेसो पोख्दै प्रतियोगिताका सहसंयोजक प्रेमचन्दै रायले खेलकुद गतिविधि बढाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए।

रायले भने, ‘यो प्रतियोगिताको दोस्रो संस्करण हो, हामी यसलाई प्रत्येक वर्ष निरन्तरता दिने योजनामा रहेका छौँ।’

चैत्र २६ गते पहिलो दिन उद्घाटन खेल हुनेछ भने बाँकी प्रत्येक दिन २/२ वटा खेल नकआउट नियमको आधारमा हुने रायले बताए। बैशाख ३ गते २ वटै सेमी फाइनल खेल र बैशाख ४ गते प्रतियोगिताको फाइनल खेल हुने उनले जानकारी दिए।

करिब १२ लाखको लागतमा आयोजना हुन लागेको जे टी-२० प्रतियोगिताको उपाधि जित्ने टिमलाई ५१ हजार र दोस्रो हुने टिमलाई २५ हजार राशीको पुरस्कार प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell