PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

‘ए मेरो हजुर ४’ मा अनमोलकै ‘कोको’ किन?



‘ए मेरो हजुर ४’ मा अनमोलकै ‘कोको’ किन?

काठमाडौं: अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ। यस फिल्ममा कुकुरलाई पनि मुख्य भूमिकामा देखाइएको छ। किनकी ट्रेलरमा अनमोल र सुहानाभन्दा कुकुरलाई बढि स्थान दिइएको छ।

फिल्ममा कुकुरको प्रयोग गर्नु नयाँ कुरा भएन। तर यस फिल्ममा जुन कुकुर प्रयोग गरिएको छ त्यो कलाकार अनमोलको आफ्नै कुकुर हो। ‘कोको मोनस्टर’ जोसँग अनमोल निकै नजिक छन्। उनले कुकरको तस्विर राख्न छुट्टै इस्टाग्राम अकाउन्टसमेत खोलेका छन्। ‘भ्यालेन्टाइन्स डे’ मा ‘कोको’ सँगको फोटो हालेर आफ्नो भ्यालेन्टाइन्स भन्नसमेत भ्याए उनले।

‘ए मेरो हजुर ४’ फिल्मको प्रचारका लागि पत्रकार भेटघाट कार्यक्रममा कुकुरको सन्दर्भ जोड्दै उनलाई सञ्चारकर्मीले प्रश्न तेर्साए। ‘फिल्ममा अनमोलको कुकुर ‘कोको’ नै किन राखियो?

जवाफमा कलाकार तथा निर्देशक झरना थापाले फिल्मको स्क्रिप्टमा पहिलेदेखि नै कुकुर रहेको दाबी गरिन्। अनमोलको ‘कोको’ फिल्ममा पछि मात्रै जोडिएको उनले बताइन्।

‘फिल्मको कथामा पहिलेदेखि नै कुकुर थियो। खासमा हामीलाई अनमोलसँग ‘कोको’ छ भन्ने पनि थाहा थिएन। हामीले नेपाल प्रहरीबाट त्यहाँको कुकुर ल्याएर अभिनय गराउने सोचेका थियौँ। र, त्यसको लागि हामीले ५० हजार तिरि पनि सकेका थियौँ,’ उनले भनिन्।

अनमोलकै कुकुर भएपछि अभिनय गराउन सजिलो हुने भएका कारण ‘कोको’ लिइएको बताउँछिन् झरना। ‘अनमोलसँगै राम्रो र पारिवारिक कुकुर छ भन्ने थाहा भयो। फेरि ‘कोको’ ले अनमोलले भनेको सबै कुरा मान्ने। बाहिरको कुकुरलाई तालिम दिनुभन्दा ‘कोको’ राख्दा सजिलो होला लाग्यो। त्यसपछि नै हो फिल्ममा ‘कोको’ को इन्ट्री भएको।’

अनि अनमोलको ‘कोको’ लाई कति पारिश्रमिक दिइयो नि? झरनाले मुस्कुराउँदै भनिन्, ’कोको अनमोलसँगसँगै फ्री हो। बाइ वान, गेट वान फ्री।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell