PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

ग्यास विस्फोट भइ आगलागी हुँदा तीन बालबालिकाको मृत्यु



ग्यास विस्फोट भइ आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

चौतारा : खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो।

स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतवार साँझ ७ बजे ग्यास विस्फोट भएको हो। घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ। मीनबहादुर पनि घाइते भएको र उनको उपचारको लागि अस्पताल लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell