PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गगन थापा संयोजक रहेको कांग्रेस निर्वाचन घोषणापत्र समितिको सदस्य २७ कि २८?



गगन थापा संयोजक रहेको कांग्रेस निर्वाचन घोषणापत्र समितिको सदस्य २७ कि २८?

काठमाडौं :  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिमा २७ जना मनोनित गरेको विज्ञप्ति कांग्रेसले सार्वजनिक गर्‍यो। शनिवार साँझ साडे सात बजे कांग्रेस केन्द्रले इमेलमार्फत उक्त विज्ञप्ति सबैतिर पठायो।

केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा ती सदस्य मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उक्त विज्ञप्तिअनुसार धेरैले सामाचार पनि तयार पारे भने सामाजिक सञ्जालमा पनि यही विज्ञप्ति एकैछिनमा भाइरल बन्यो। उक्त विज्ञप्तिमा देउवाले मनोनित गरेका सदस्यहरुमा डा आरजु राणा देउवा, मधु आचार्य, प्राडा गोविन्दराज पोखरेल, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुङ्गाना, दिलीपप्रताप खाँण, वंशलाल तामाङ, विजयशङ्कर यादव, उमा थापा मगरको नाम थियो।

यसैगरी समितिको सदस्यमा भुपेन्द्र राई, ममता महतो, डा जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शङ्कर तिवारी, पुरुषोत्तम नेपाल, डा इन्द्रा अधिकारी, डा अभिमन्यु सिंह, डा बुद्धिमान श्रेष्ठ, मनिष झा, जिमी लामा र शिलशिला आचार्यको नाम थियो।

विज्ञप्ति पठाएको आधा घण्टापछि कांग्रेसले फेरि अर्को मेल पठायो। 'संशोधित प्रेस विज्ञप्ति भन्दै' पठाएको विज्ञप्तिमा २८ जना सदस्यको नाम उल्लेख थियो। पहिलो विज्ञप्तिमा चौथो नम्बरमा नृपबहादुर वडको नाम उल्लेख थियो। दोस्रो विज्ञप्तिमा भने चौथो नम्बरमा अजयबाबु शिवाकोटीको नाम उल्लेख गरिएको छ। केन्द्रीय सदस्य शिवाकोटीको नाम छुटेकाले विज्ञप्ति संशोधन गरी पठाएको कांग्रेसले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell