काठमाडौं : अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिने भएका छन्। स्वागत नेपालको उन्नत लोकतन्त्र पार्टीबाट उनी मेयरको उम्मेद्वार बन्न लागेका हुन्।
मंगलवार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवनलाई उठाउने निर्णय गरेको उक्त पार्टीले जनायो। उपमेयरमा भने रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।