PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

मन्त्रालयकै कर्मचारीमाथि मन्त्री मनाङेले गरे हातपात



मन्त्रालयकै कर्मचारीमाथि मन्त्री मनाङेले गरे हातपात
फाइल फोटो।

पोखरा : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिब गुरुङ (दीपक मनाङे)ले आफ्नै मन्त्रालयको कर्मचारीमाथि हातपात गरेका छन्।

मन्त्रालयको स्रोतका अनुसार मन्त्री मनाङेले मंगलवार मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेका थिए। ओझाले मन्त्रीको कार्यकक्षमा फाइल लिएर जाँदा मन्त्रीले उनीमाथि हातपात गरेको मन्त्रालय स्रोतले जनाएको छ।

यस घटनाबारे थप बुझ्न खोज्दा मन्त्रालयका सचीव बद्रीनाथ अधिकारी बागलुङको सुरक्षा सम्बन्धि बैठकमा रहेकाले घटनाबारे थप बुझ्नुपर्ने प्रतिक्रिया दिए। यता ओझाको भने मोबाइल स्विच अफ छ। उनी आज बिदामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell