PahiloPost

Oct 20, 2025 | ४ कात्तिक २०८२

युक्रेन युद्ध हाँक्ने सैन्य कमान्डर फेरे पुटिनले



युक्रेन युद्ध हाँक्ने सैन्य कमान्डर फेरे पुटिनले
फोटो : Alexei Nikolsky/Sputnik/Kremlin Pool/AP

रसियाका राष्ट्रपति भ्लाद्मिर पुटिनले युक्रेन युद्धका सैनिक कमान्डर फेरेका छन्। युक्रेन आक्रमणमा किभ नियन्त्रण प्रयास असफल भएपछि पुटिनले कमान्डर परिवर्तन गरेको अमेरिकी अधिकारीहरु र एक युरोपियन अधिकारीले जनाएको सिएनएनमा उल्लेख गरिएको छ।

अलेक्जेन्डर डोर्निकोभलाई युक्रेन युद्ध प्रमुख बनाएको बताइएको छ। ६० वर्षीया डोर्निकोभ सन् २०१५ मा सिरिया युद्धमा पहिलोपल्ट कमान्डर बनेका थिए। अहिले युक्रेनको उत्तरी भागहरुमा रसियान सेनाहरु तैनाथ हुन थालेको बेलायती सैन्य गुप्तचरहरुले जनाएका छन्। युक्रेनमाथि रसियाले आक्रमण जारी राखेको छ। यसैबीच युक्रेनलाई बेलायतले सैन्य सहयोग गरेको छ।  युक्रेनका राष्ट्रपति भोल्द्मिर जेलेन्सकीले यो सहयोगका लागि विशेष धन्यवाद दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell