PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एसियन कप छनोट : नेपाली फुटसल टोली उज्बेकिस्तानसँग पराजित



एसियन कप छनोट : नेपाली फुटसल टोली उज्बेकिस्तानसँग पराजित
फोटो : कीर्गिस्तान एफए

बिस्केक : एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपाली टोली उज्बेकिस्तानसँग पराजित भएको छ।

कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलमा नेपाली टोली आफ्नो पहिलो खेलमा ५-१ गोल अन्तरले पराजित भएको हो।

विश्वकपको समेत अनुभव बटुलिसकेको उज्बेकिस्तानलाई जित दिलाउन रोपिभ इख्तियोरले दोहोरो गोल तथा खुश्निद्दिन निशोनोभ, एल्मुरोडोभ एब्बोस र उस्मोनोभ खायरुल्लोले समान १/१ गोल गरे। नेपालको तर्फबाट मणी लामाले एक गोल फर्काए। नेपाली टोलीलाई समर्थन गर्न कीर्गिस्तानमा रहेका नेपालीहरु खेलस्थलमा पुगेका थिए।

कीर्गिस्तान आएर नेपालले यहाँका दुईवटा शीर्ष लिग खेल्ने क्लबसँग मैत्रीपूर्ण खेल समेत खेलेको थियो। पहिलो खेलमा डर्डोइ एफसी र दोस्रो खेलमा फरवाटर एफसीसँग खेलेको थियो।

नेपालले सोमवार ताजकिस्तान र मंगलवार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell