
कुनै बेला बन्दुक बोक्दै नेपालको जंगल जंगल दौड लगाएका जनार्दन शर्मा अहिले नेपालको अर्थतन्त्रलाई दौडाउँदै छन्। जति गतिविधि गरेका छन् भूमिगत शैलीमै। दौडिन माहिर छन् उनी। अरुले ल्याउन लागेको बजेट रोक्न लडाकु पारा देखाउन खप्पिस उनी आफूले बजेट ल्याउन परेपछि छापामार पारा देखाइहाले। संसदमा एमसीसी दर्ता हुँदा 'विरामी' भइदिन खप्पिस देखिए उनी। टेबुल गर्दा बिरामी भएको भन्दै पर्वत पुगेर मस्तीमा रमाएकै हुन्। जिम्मेवारी सम्हाल्नुपर्दा फरार हुन जानेका उनी अहिले संकटले घेरिँदा सहन्थे कसरी? ढ्याम्मै दनक दिए - राष्ट्र बैंकका गभर्नरलाई। त्यसैले जर्नार्दन दनादन नहुन् त?