PahiloPost

Jul 13, 2026 | २९ असार २०८३

यी कमरेड जनार्दन शर्मा हुन् कि, हुन् दनादन शर्मा?



रवीन्द्र मानन्धर

यी कमरेड जनार्दन शर्मा हुन् कि, हुन् दनादन शर्मा?

कुनै बेला बन्दुक बोक्दै नेपालको जंगल जंगल दौड लगाएका जनार्दन शर्मा अहिले नेपालको अर्थतन्त्रलाई दौडाउँदै छन्। जति गतिविधि गरेका छन् भूमिगत शैलीमै। दौडिन माहिर छन् उनी। अरुले ल्याउन लागेको बजेट रोक्न लडाकु पारा देखाउन खप्पिस उनी आफूले बजेट ल्याउन परेपछि छापामार पारा देखाइहाले। संसदमा एमसीसी दर्ता हुँदा 'विरामी' भइदिन खप्पिस देखिए उनी। टेबुल गर्दा बिरामी भएको भन्दै पर्वत पुगेर मस्तीमा रमाएकै हुन्। जिम्मेवारी सम्हाल्नुपर्दा फरार हुन जानेका उनी अहिले संकटले घेरिँदा सहन्थे कसरी? ढ्याम्मै दनक दिए - राष्ट्र बैंकका गभर्नरलाई। त्यसैले जर्नार्दन दनादन नहुन् त? अरुलाई नभए पनि निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीका लागि उनी कमरेड दनादन शर्मा नै भए त। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell