PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

उपभोक्ता समितिमार्फत योजना वितरण गरेको भन्दै वाग्मती प्रदेश सरकारविरुद्ध अख्तियारमा उजुरी



उपभोक्ता समितिमार्फत योजना वितरण गरेको भन्दै वाग्मती प्रदेश सरकारविरुद्ध अख्तियारमा उजुरी

हेटौँडा : स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै वाग्मती प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडामा उजुरी परेको छ।

वाग्मती प्रदेश सरकारले विनियोजन विधेयक विपरित २ हजार २ सय ९९ वटा योजनामा बजेट रकमान्तर गरेको थियो। वाग्मती प्रदेशको मन्त्रिपरिषद्को २०७८ फागुन ६ गतेको निर्णयले बजेट रकमान्तर गरिएको हो।

संविधानको धारा २३२ विपरित स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने सरकारले निर्णय गरेको भन्दै सरकारविरुद्ध उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले जनाएको छ।

प्राविधिक लागत स्टिमेटबिना सम्भाव्यता नै अध्ययन नगरी स्थानीय तहले गर्दै आएको काममा दोहोरो हुने गरी प्रदेश सरकारले बजेट वितरण गरेको निवेदनमा उल्लेख भएको आयोगका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए। निवेदन उपर अख्तियारले छानबिन गर्ने सूचना अधिकारी सापकोटाको भनाइ छ।

प्रदेश सरकारले निर्वाचनका बेला कार्यकर्तासँगको मिलेमतोमा रकम दुरुपयोग गर्ने मनसायले मनोमानी योजना छनोट गरी बजेट वितरण गरेको भन्दै प्रतिपक्ष दल एमालेले सरकारको विरोध गर्दै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell