PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

बाघको आक्रमणमा परी घाँस काट्न गएका एक जनाको मृत्यु



बाघको आक्रमणमा परी घाँस काट्न गएका एक जनाको मृत्यु

काठमाडौं : बाघको आक्रमणमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ। बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ तामागढी साझेदारी बनमा घाँस काट्न गएका एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको हो।

सोमवार घाँस काट्न गएका ४ जना स्थानीय व्यक्तिहरूमध्ये बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ टागियाबस्ती टोल बस्ने अन्दाजी ३१ वर्षीय सुरेस मगरको मृत्यु भएको हो। बाघको आक्रमणमा परी घाइते भएका उनलाई तत्कालै उपचारको लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया बाराको शव गृहमा सुरक्षित राखिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell