PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नाइँ मलाई त्यही गाडी चाहिन्छ ...



रवीन्द्र मानन्धर

नाइँ मलाई त्यही गाडी चाहिन्छ ...

जागिर बापत तलब। अरु आम्दानीका लागि तेल त चाहियो नि। गाडी मिलेसम्म पुरानै चलाउने। चलाउने कम, बनाउने ज्यादा। बनाउँदा सट्टापट्टा पनि गर्न मिल्ने। तेलको मेलो त अर्के कुरा भयो। फेरि बेलाबेलामा इन्जिन आयल फेर्नै पर्‍यो। फिल्टर र अरु पनि फेर्न परे पनि नपरे पनि फेर्दिने। नभए बिलमा चाहिँ फेरेको देखाउन मिलिहाल्ने। अब ती सबै कुरा टुटाउन पाइन्छ? खाइपाइ आएको सुविधा खोस्‍ने? बनाउँदाको कमिसन हटाउन खोज्‍ने? हाम्रा लागि गाडी त गाडी हो बिजुलीबाट चलोस् कि डिजेल र पेट्रोलबाट? बिजुली गाडीमा पेट्रोल हाल्न नि नमिल्ने, इन्जिन आयल नि नचाहिने, नयाँ छ बिग्रेर कमिसन पनि नआउने! अनि किन चलाउने त बिजुली गाडी? कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell