PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एन्फाको आधिकारिक फेसबुक पेज भयो ह्याक



एन्फाको आधिकारिक फेसबुक पेज भयो ह्याक

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक फेसबुक पेज ह्याक भएको छ। एन्फाले बिहीवार सूचना जारी गर्दै १ लाख ९० हजार फलोअर्स भएको आफ्नो भेरिफाइड फेसबुक पेज ह्याक भएको जानकारी दिएको हो।

आफूहरुको अथक प्रयासका बावजुद पनि फेसबुक पेजमा नियन्त्रण पाउन नसकिएको एन्फाले जनाएको छ। एन्फाले नयाँ फेसबुक पेज पनि बनाइसकेको छ।

पुरानो फेसबुक पेज डिलिट गर्ने प्रकृया अघि बढाइएको एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell