PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

डुब्यो क्षतिग्रस्त रसियन सेनाको पानीजहाज



डुब्यो क्षतिग्रस्त रसियन सेनाको पानीजहाज
फोटो : Getty Images/AFP

रसियाले युक्रेनमाथि हमला थालेको ५१ दिन भइसकेको छ। जारी युद्धमा बुधवार विस्फोटनमा परेको रसियन सेनाको पानीजहाज डुबेको छ। रसियाको रक्षामन्त्रालयले मस्क्भा नामक पानी जाहज डुबेको जनाएको हो।

युक्रेनले भने आफ्नो क्षेप्यास्त्र प्रहारबाट पानीजहाज क्षतिग्रस्त भएको र डुबेको दाबी गरेको छ। ५१० जना फौज रहन सक्ने उक्त पानीजहाज के कारणले डुब्यो भन्ने कुरा मस्कोले केही खुलाएको छैन। रसियाली सेनाको शक्तिको प्रतीकका रुपमा मानिएको उक्त जहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको रुसले जनाएको छ। खराब मौसमका कारण किनारातर्फ तानेर लैजाँदै गर्दा जहाज डुबेको रुसको रक्षामन्त्रालयले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell