PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विद्यार्थीमाथि यौन दुर्व्यवहार आरोप लागेका तीनै जना शिक्षक प्रहरी नियन्त्रणमा



विद्यार्थीमाथि यौन दुर्व्यवहार आरोप लागेका तीनै जना शिक्षक प्रहरी नियन्त्रणमा

हेटौंडा : यौन दुर्व्यहारको आरोप लागेका वाग्मती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका तीनै जना शिक्षक पक्राउ परेका छन्। यसअघि चैत २५ गते एक शिक्षक हेमबहादुर विक आफै प्रहरी नियन्त्रणमा आएका थिए। शुक्रबार साँझ प्रहरीले थप २ जना शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

उनले गएराति आरोपित शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विक दुबैलाई जिल्ला प्रहरी कार्यलय हेटौंडा ल्याईएको बताए। प्रवक्ता कार्कीका अनुसार पक्राउ परेका तीनै जना शिक्षकहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

जनताका तीन जना शिक्षकहरुले लामो समयदेखि छात्रा विद्यार्थीहरु माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदासमेत आवश्यक कारबाही नभएको भन्दै चैत २२ गते विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए।

शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको छात्रा विद्यार्थीहरुको आरोप छ। निवेदनमा छलफल गर्न चैत २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन,  राजनीतिक दलका प्रतिनिधिहरु बीच बैठक बसेको थियो। बैठकमा भएको छलफलमा चित्त नबुझेपछि विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए।

चैत २४ गते राति तीन जना शिक्षकविरुद्ध विद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकहरुले जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहारको किटानी जाहेरी दिएका दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell