PahiloPost

Jul 3, 2024 | २० असार २०८१

गठबन्धनमा पहिरो जानेवाला छ : प्रदीप ज्ञवाली



गठबन्धनमा पहिरो जानेवाला छ : प्रदीप ज्ञवाली
फाइल फोटो

काठमाडौं  : नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरुभित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन्। भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको अवस्थामा रहेको उपमहासचिव ज्ञवालीले बताए।

एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकतावद्ध भएर जाने अवस्था नरहेको पटकपटक दोहोर्‍याए। गठबन्धनका लागि जसपाले नेपालगंजमा जसपाले नमानेको, पर्साका काँग्रेसहरु आफै असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरुलाई बलियो शक्ति मान्ने कुरा भ्रममात्रै हुने बताए।

‘सत्तारुढ पाँच दलीय गठबन्धनले हामीलाई अप्ठयारो पार्छ कि भन्ने खालको जुन मनावैज्ञानिक दबाव सिर्जना गर्न खोज्याछन्। त्यो भ्रमबाट मुक्त हुन म सबै कमरेडहरुलाई आग्रह गर्दछु। पहिलो कुरा, गठबन्धन कुनै शक्तिको, सवलताको, सक्षमताको प्रतिक होईन, यो दूर्वलताको प्रतिक हो,' ज्ञवालीले भने, 'बलियोले लट्ठी टेक्दैन। बलियोले बैशाखी टेक्दैन। सत्ताले प्रतिपक्षसँग गठबन्धन गर्दैछ भनेपछि आधा लडाईँ त हामीले त्यसै जित्यौं।'

यो गठबन्धनलाई भयको रुपमा लिन नहुनेसमेत उनको भनाई थियो। 'यो गठबन्धनलाई कुनै पनि भयको रुपमा लिन जरुरी छैन। विगतमा गठबन्धनसँगै लडेर हामीले ४१ प्रतिशत जित हासिल गरेका थियौं। उनीहरुले जतिसुकै प्रयास गरेपनि गठबन्धन तलसम्म एकतावद्ध गरेर लैजाने अवस्था छैन,' ज्ञवालीले भने, 'यही कारणले उनीहरु अत्तालिएका छन्। तर जतिसुकै गरेपनि उनीहरुले यो गठबन्धनलाई तलसम्म एकतावद्ध बनाएर लैजाने अवस्था छैन। गठबन्धनमा पहिरो जान सुरु गरिरहेको अवस्था छ। नेपालगंजमा जसपाले मान्दिन भन्यो । पर्सामा काँग्रेसले सम्भव छैन भन्यो। रोल्पामा हुँदैन भनेर आजभोलि नै वक्तव्य आउने अवस्था छ। अरु धेरै ठाउँमा यो पहिरो जानेवाला छ। चितवनका काँग्रेस के गर्छन, यो उनीहरुको कुरा हो। तर, जे हुँदा पनि हामीलाई पोलिटिकल्ली, मोरल्ली र गणितीय रुपमा पनि हामी हिसावकिताव लिन्छौं।’

ज्ञवालीले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रुपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै सोही अनुसारको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell