PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

तनहुँमा गोविन्दराज जोशीले एमालेलाई सघाउने



तनहुँमा गोविन्दराज जोशीले एमालेलाई सघाउने

काठमाडौं : पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेलाई सघाउने भएको छ। जोशी समूह र एमाले तनहुँबिच चुनावी तालमेल गर्ने गरी चुनावी परिचालन समितिसमेत गठन गरिएको छ।

शनिवार जोशी निवास दमौलीमा भएको छलफलबाट आगामी स्थानीय तहको चुनवमा साझा उम्मेद्वार बनाउने सहमति भएको बताइएको छ। जोशी समूहमा ४ जना र नेकपा एमाले तनहुँका ४ जना गरि ८ सदस्यीय ‘चुनाव परिचालन समिति समिति गठन गरिएको जोशीले बताए। प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेद्वारी दिने सहमति भएको उनले बताए। तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गर्नु पर्ने भएको नेता जोशीले बताए।

तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र जोशीबिच टसल बढेपछि केही समय अघि जोशीलाई कारवाही गरिएको थियो। नेपाली कांग्रेस तनहुँका सस्थापक सचिव हुँदै केन्द्रमा सहमहामन्त्री बनेका जोशीलाई साधरण सदस्यता समेत नरहने गरी गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell