PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

क्रिस्टियानो रोनाल्डोका नवजात छोराको मृत्यु



क्रिस्टियानो रोनाल्डोका नवजात छोराको मृत्यु

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका नवजात छोराको मृत्यु भएको छ। रोनाल्डोले इन्स्टाग्राममा आफ्नो नवजात छोराको मृत्यु भएको पुष्टि गर्दै एक विज्ञप्ति पोस्ट गरेका छन्।

म्यानचेस्टर युनाइडेटमा रहेका ३७ वर्षीय रोनाल्डो र उनकी प्रेमिका जर्जिनाले गत अक्टोबरमा जुम्ल्याहा बच्चा जन्मने आशा गरेका थिए। छोराको मृत्युले गहिरो चोट लागेको विज्ञप्तिमा दुबै जनाले जनाएका छन्। जर्जिनाबाट एक छोरा र एक छोरीको जन्म भयो। छोरी भने सुरक्षित रहेको उनीहरुले बताएका छन्। छोरी रहेकोले आफूहरुलाई आश र खुसी मिलेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्।

म्यानचेस्टर युनाइटेडले पनि रोनाल्डोको पोस्टमा कमेन्ट गर्दै दु:ख व्यक्त गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell