PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

उपमहानगरको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै



उपमहानगरको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं : सत्ता गठबन्धनको मंगलवारको बैठकले उपमहानगरको भागबण्डा टुंगो लगाउन सकेन। महानगरको विवादमै दिन गए पछि गठबन्धनले उपमहानगरको टिकट टुंगो लगाउन आज पनि बैठक राखेको छ।

बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ६ महानगरमा भने सहमति जुटिसकेको छ। ३ महानगर कांग्रेस बाँकी रहेका एक एक महानगर माओवादी, जसपा र एकीकृत समाजवादीले पाउने भएपछि विवाद सल्टिएको हो।

पोखरामा एकीकृत समाजवादीलाई मेयर छाड्न कांग्रेसले मानिरहेको थिएन। पछि कास्की कांग्रेसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार डाकेर मनाएपछि विवाद साम्य भएको हो। ११ उपमहानगरमा जनकपुरमा कांग्रेस र जसपाको दाबी भएपछि भागबण्डाको टुंगो नलागेको बताइएको छ। आजको बैठकले यसको छिनोफानो गर्ने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell