PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सहमति नजुटेपछि सल्यानमा कांग्रेस र माओवादीबीच टक्कर पर्ने



सहमति नजुटेपछि सल्यानमा कांग्रेस र माओवादीबीच टक्कर पर्ने

सुर्खेत : सत्तारुढ गठबन्धन दलहरुबीच केन्द्रदेखि तल्लो तहसम्म चुनावी तालमेल भइरहेको छ। तर सल्यानमा भने चुनावी तालमेल नहुने भएको छ। आगामी स्थानीय निर्वाचनमा तालमेलका लागि गठबन्धनबीच सहमति नजुटेपछि चुनावी तालमेल भाँडिएको हो।

स्थानीय तहमा भागबण्डा नमिलेपछि दलहरु निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने भएका हुन्। नेपाली कांग्रेस सल्यानका पार्टी सभापति केशवबहादुर विष्टको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा सहमति जुट्न नसकेपछि चुनावमा एक्ला एक्लै जाने निर्णय गरेको हो।

दलहरुको आआफ्नै अडान र दावी नछोडेपछि एक्ला एक्लै चुनावमा जाने निर्णय भएको विष्टले जानकारी दिए।

सल्यानमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच टक्कर हुने अवस्था रहेको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जिल्लाको तीन पालिका प्रमुख, चार उपप्रमुखसहित ३२ वडाअध्यक्ष जित हात पारेको थियो।

एमालेले चार पालिका प्रमुख, तीन उपप्रमुख र २७ वडाअध्यक्ष जितेको थियो भने, कांग्रेसले तीन पालिका प्रमुख, तीन उपप्रमुख र २३ वडाअध्यक्ष जितेको थियो। एमालेबाट टुक्रिएर बनेको एकिकृत समाजवादीले पनि एमालेबाट जितेको सवै स्थानीय तहमा भाग खोजेको छ। जसले गर्दा पनि दलहरुबीच सहमति हुन नसकेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell