PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सर्वोच्चबाट पत्र लिएर मात्र राष्ट्र बैंक जाने गभर्नर अधिकारीको तयारी, कर्मचारीहरुले स्वागत गर्ने



सर्वोच्चबाट पत्र लिएर मात्र राष्ट्र बैंक जाने गभर्नर अधिकारीको तयारी, कर्मचारीहरुले स्वागत गर्ने

काठमाडौं : सर्वोच्च अदालतबाट मंगलवार पुनर्बहाली भएका गभर्नर महाप्रसाद अधिकारी बुधवार दिउँसो राष्ट्र बैंक जाने भएका छन्। आफ्ना अधिवक्ताहरुको सल्लाहअनुसार सर्वोच्चमा गएर औपचारिक पत्र लिएपछि मात्र अधिकारी राष्ट्र बैंक कार्यालय जाने कार्यक्रम तय भएको छ।

सर्वोच्चले मंगलवार उनीमाथि छानबिन रोक्न र नियमित काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश दिएको छ। आदेशको कपी सार्वजनिक पनि भइसकेको छ।

'यत्तिकै पनि राष्ट्र बैंक जाँदा त भइहाल्छ। तर, औपचारिक रूपमा अदालतबाट पत्र लिएर मात्र राष्ट्र बैंक छिर्ने भन्ने कुराकानी भएको छ,' राष्ट्र बैंक कानुन महाशाखा स्रोतले भन्यो, 'राष्ट्र बैंकका तर्फबाट हामी अदालत खुलेपछि गएर पत्र ल्याउँछौं। अनि त्यसपछि गभर्नर राष्ट्र बैंकमा पदबहाली गर्न आउनु हुने छ।'

राष्ट्र बैंकका कर्मचारीहरुले गभर्नरलाई स्वागत गर्न सामान्य कार्यक्रम राखेका छन्। गभर्नर अधिकारीले मंगलवार पदबहाली गर्न बुधबारै जाने बताएका थिए।

सरकारले चैत २४ गते छानबिन गर्ने भन्दै अधिकारीलाई निलम्बन गरेको थियो। यो निर्णयविरुद्ध अधिकारी वैशाख ४ गते सर्वोच्च अदालत पुगेका थिए। उनको मागमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गभर्नरको निलम्बनलाई मंगलबार फैसलामार्फत पर सारिदिएका थिए।

अर्थमन्त्री जनार्दन शर्माको व्यक्तिगत टकरावका कारण अधिकारीलाई सरकारले हटाउने प्रयासस्वरुप छानबिन सुरु गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell