PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

मधेश प्रदेशमा कुन कुन पालिकामा तालमेल गर्ने?  प्रदेशस्तरीय बैठकमा जुटेन सहमति



सुमित मिश्र

मधेश प्रदेशमा कुन कुन पालिकामा तालमेल गर्ने?  प्रदेशस्तरीय बैठकमा जुटेन सहमति

जनकपुरधाम : स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाबारे केन्द्रमा भागबन्डा मिलिसकेको छ। केन्द्रले महानगर र उपमहानगरबाहेकका पालिकाहरु बारे स्थानीय संयन्त्रमा छलफल भइरहेको जनाएको छ।

यता, मधेश प्रदेशका भने पालिकाहरुको सिट बाँडफाँटबारे  गठबन्धनबिच सहमत हुन सकेको छैन। यद्यपि, गठबन्धनले आवश्यक स्थानमा तालमेल हुन सक्ने जनाएको छ।

आज प्रदेशस्तरको गठबन्धन दलबिचको बैठकमा सहमति बन्न नसकेको हो। नेपाली काँग्रेससँग सहमति हुन नसक्दा गठबन्धनमा रहेका जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच छुट्टाछुट्टै छलफल समेत भएको थियो।

आइतबारदेखि निरन्तररुपमा जारी रहेको पाँच दलीय गठबन्धनबिच सहमति नभए पनि चार बुँदे सहमति पत्र भने सार्वजनिक गरिएको छ।

सत्ता गठबन्धन दलहरु बिच चुनावी गठबन्धन भई चुनावमा नगएको पालिकाहरुमा गठबन्धन बाहिरका दल प्रतिस्पर्धा रहेको ठाउँमा सत्ता गठबन्धन दल अधिक्तम लचिलो भई चुनावी तालमेल गर्ने, गठबन्धन दलहरु भित्रका सबै दल एक जुट हुन नसकेमा गठबन्धन दल भित्रकै दलहरुबिच आपसी तालमेल गरि चुनावमा प्रतिस्पर्धा गर्ने, गठबन्धन नभएको पालिकाहरुमा गठबन्धन दलहरु स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने र सत्ता गठबन्धन दल बाहिरको दलसँग कुनै चुनावी तालमेल वा गठबन्धन गर्न नपाईने सहमति पाँच दलबिच भएको छ।

तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेकपा एमालेले जितेको ३४ पालिकामा गठबन्धन घटक दलबिच बाँडफाँट र रौतहटको केही पालिका बाहेक अन्यपालिकाका लागि संवाद जारी राख्ने गरि गठबन्धनको बैठक टुंगिएको हो।

रौतहटको मौलापुर नगरपालिकालगायतमा सहमति नजिक पुगे पनि अन्यपालिकाको विषयमा दलहरु आ–आफ्नै अडानमा रहेकोले संवादलाई निरन्तरता दिने गरि बैठक सम्पन्न भएको नेकपा माओवादी केन्द्र मधेश प्रदेशका ईन्चार्ज गणेश साहले जानकारी दिए।

नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष प्रदीपकुमार यादवले पाँच वटै दलका शीर्षनेताहरु एकअर्कासँग निरन्तर समन्वय र सहकार्यका लागि संवाद जारी रहने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell