PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

सिन्धुपाल्चोकमा स्थानीय तहको प्रमुखमा यी नेताको नाम चर्चामा : नेतृत्वमा आउन जिसस प्रमुखदेखि सहमहामन्त्री लडेकाहरु इच्छुक



सिन्धुपाल्चोकमा स्थानीय तहको प्रमुखमा यी नेताको नाम चर्चामा : नेतृत्वमा आउन जिसस प्रमुखदेखि सहमहामन्त्री लडेकाहरु इच्छुक

  • फूलमान तामाङ-

चौतारा : गठबन्धनमा तालमेलको विवाद र गठबन्धन बाहिरका दलको 'पर्ख र हेर' रणनीतिका कारण सिन्धुपाल्चोकमा प्रमुख राजनीतिक दलहरुले स्थानीय तहको उम्मेद्वार टुंगो लगाउन सकेको छैन। एक हप्तादेखि प्रमुख राजनीतिक दलहरू उम्मेदवार टुंगो लगाउन कस्सिए पनि अझै पनि 'सिन क्लियर' हुन सकेको छैन।

सत्ता गठबन्धनमा रहेका प्रमुख दल नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादीबीच कुन स्थानीय तह लिने भन्ने विषयको टुंगो लाग्न सकस परिरहेको छ। गठबन्धनसँग एमालेको मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिन्छ। यद्यपि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सबै तहमा उम्मेद्वारी दिने भएको छ।

माओवादी केन्द्रले ५० प्रतिशत स्थानीय तह मागेकोले तालमेल सहमतिमा जान नसकेको कांग्रेसको आरोप छ। माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले केन्द्रले गठबन्धन गरेरै जानुपर्ने दबाव गरेकोले गठबन्धन भएरै चुनाव मा सहभागी हुने बताए। कांग्रेसले कतै पनि सर्वसम्मत उम्मेदवार सिफारिस गर्न सकेको छैन एमाले र माओवादीले भने केही स्थानमा सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गरेको छ।

१२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा गत स्थानीय तहको निर्वाचनमा एमालेले ७, माओवादीले २, कांग्रेसले ३ एमालेले स्थानको प्रमुखमा जित निकालेको थियो। स्थानीय तहको प्रमुख बन्न जिल्लाका पूर्व पार्टी प्रमुखदेखि संसद लडेका नेताहरुको नाम चर्चामा छ।

यी हुन् १२ स्थानीय तहमा सम्भावित उम्मेदवारहरु :

भोटेकोशी गाउँपालिका

भोटेकोशीमा यसअघि माओवादीका राजकुमार पौडेल निर्वाचित भएका थिए। यसपटक गठबन्धन भएमा केन्द्रमा भएको सहमतिअनुसार माओवादीलाई प्रमुख पद छाड्नुपर्ने हुन्छ। यसबारे गठबन्धनको निर्णय आउन बाँकी नै छ। भोटेकोशीको प्रमुखमा टिकट कसले पाउँला? दलहरुभित्र यी नाम अहिले चर्चामा छ।

नेकपा एमाले : अमृत खडका (सर्वसम्मत)

नेपाली कांग्रेस : कमलकुमार श्रेष्ठ, दोर्जे लामा हाउडे

माओवादी केन्द्र : राजकुमार पौडेल, आङछिरीङ शेर्पा

राप्रपा : मिङमार शेर्पा

बाह्रविसे नगरपालिका

यस नगरपालिकामा गत स्थानीय तहमा एमालेका उम्मेद्वार निमफुन्जो शेर्पा निर्वाचित भएका थिए। यसपटक पनि एमालेले उनलाई नै उम्मेद्वार बनाउने चर्चा चलेको छ। यद्यपि उपप्रमुख सुशीला पाख्रिन पनि मेयरको टिकट पाउन सक्रिय छिन्। कांग्रेसबाट बालकृष्ण बस्नेतको नाम चर्चामा छ।

नेकपा एमाले : निमफुञ्जो शेर्पा, सुशीला पाख्रिन,

नेपाली कांग्रेस : बालकृष्ण बस्नेत

माओवादी केन्द्र : बुद्धराज बस्नेत

त्रिपुरासुन्दरी गाउँपालिका

त्रिपुरासुन्दरीमा गत निर्वाचनमा एमालेका उम्मेद्वार भुपेन्द्र श्रेष्ठ निर्वाचित भएका थिए। यसपटकको प्रमुखमा उनको पनि नाम चर्चामा छ। कांग्रेसबाट हालै कांग्रेस जिल्ला सचिवमा निर्वाचित भक्तध्वज बोहराको नामा चर्चामा छ।

नेकपा एमालेः मेघनाथ पौडेल, भुपेन्द्र श्रेष्ठ

नेपाली कांग्रेसः भक्तध्वज बोहरा

माओवादी केन्द्रः अनन्तप्रकाश श्रेष्ठ, बिर्खबहादुर श्रेष्ठ

राप्रपा : नारायण जङ पाण्डे

लिसंखुपाखर गाउँपालिका

लिसंखुपाखरमा गत निर्वचनमा एमालेका कमल नेपाल प्रमुखमा निर्वाचित भएका थिए। नेपाल अहिले एमाले अध्यक्षमा निर्वाचित भएका छन्। अहिले एमालेबाट उपाध्यक्षमा निर्वाचि हेमगंगा मोक्तान, सूर्य लामालगायतको नाम चर्चामा छ।

नेकपा एमाले : सूर्य लामा, हेमगंगा मोक्तान, प्रदिप भण्डारी

नेपाली कांग्रेस : जोगलाल तामाङ

माओवादी केन्द्र : राजु लामा, पूर्णबहादुर तामाङ

सुनकोशी गाउँपालिका

सुनकोशीमा गत निर्वाचनमा कांग्रेसका श्रवणकुमार जिसी निर्वाचित भएका थिए। यसपटक यहाँ कांग्रेसभित्रै विवाद सिर्जना हुने देखिन्छ। यहाँ प्रमुख पदका लागि कांग्रेसले रुपकाजी लामा र नेत्र कार्कीको नाम सिफारिस गर्ने भएको छ।

नेकपा एमालेः टपिन्द्र तिमिल्सिना, प्रेमलाल लामा, पुरुषोतम प्याकुरेल

नेपाली कांग्रेसः श्रवणकुमार जिसी, नेत्र कार्की, रुपकाजी लामा

माओवादी केन्द्रः अमर लामा, दुर्गा थापा

बलेफी गाउँपालिका

बलेफीमा यसअघि केदार कार्की निर्वाचित भएका थिए। एमालेबाट निर्वाचित उनी हालै कांग्रेस प्रवेश गरेका छन्।

नेकपा एमाले : नारायणकाजी श्रेष्ठ, कमला श्रेष्ठ, कार्केल लामा

नेपाली कांग्रेस : कृष्ण क्षेत्री, कृष्ण आचार्य, सुवास तिमिल्सिना, रामकुमार लामा

माओवादी केन्द्र : गंगाबहादुर तामाङ, प्रताप तामाङ

जुगल गाउँपालिका

यस स्थानीय तहमा यसअघि एमालेबाट होमनारायण श्रेष्ठ निर्वाचित भएका थिए। उनी राष्ट्रिय गाउँपालिका महासंघका अध्यक्षसमेत हुन्। यसपटक गाउँपालिका अध्यक्षमा उनकोसमेत दाबेदारी रहेको छ।

नेकपा एमाले : होमनारयण श्रेष्ठ, जेपी सिलवाल, लक्ष्मण दोङ

नेपाली कांग्रेस : जयबहादुर तामाङ, हिमाल श्रेष्ठ,सगुन श्रेष्ठ

माओवादी केन्द्र : रेशम स्याङबो, इश्वर गुभाजु,

चौतारा साँगाचोकगढी नगरपालिका

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह चौतारा साँगाचोकगढीमा गत निर्वाचनमा माओवादीका अमानसिंह तामाङ निर्वाचित भएका थिए। यसपटक तामाङले पनि दोहोर्‍याउने चाहना देखाइरहेका छन्। माओवादीका अरु नेताले पनि मेयरको टिकटमा दाबी गरिरहेका छन्।

नेकपा एमाले : बादल तामाङ, इन्द्र नेपाल

नेपाली कांग्रेस : झलक नेपाल, केशवराज गिरी, इन्द्रलोचन धिताल

माओवादी केन्द्र : कृष्णप्रसाद सापकोटा, अमानसिंह तामाङ

राप्रपा : दिपेन्द्र थापा

इन्द्रावती गाउँपालिका

इन्द्रावतीमा गत निर्वाचनमा कांग्रेका वंशलाल तामाङ निर्वाचित भएका हुन्। गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका उनले यसपटक पनि प्रमुखमा दोहोर्‍याउने इच्छा देखाइरहेका छन्। यद्यपि यसपटक कांग्रे सहमहामन्त्रीमा भिडेका कांग्रेसका निवर्तमान जिल्ला सभापति विकास लामालाई प्रबल उम्मेद्वारको रुपमा हेरिएको छ। उनको नाममा सहमति जुटिसकेको बताइएको छ।

नेकपा एमाले : झम्क नेपाल, शशिनाथ आचार्य, शिवहरि सापकोटा

नेपाली कांग्रेस : विकास लामा, वंशलाल तामाङ, बिलबहादुर तामाङ, नवराज भट्टराई, इच्छाराम दंगाल

माओवादी केन्द्र : ठुलोबाबु श्रेष्ठ (सर्वसम्मत सिफारिस )

राप्रपा : गणेशबहादुर खड्का

मेलम्ची नगरपालिका

मेलम्चीमा मेयरमा यसअघि एमालेका डम्बर अर्याल निर्वाचित भएका हुन्। यसपटक मेलम्चीमा एमालेभित्रै मेयरको आकांक्षीको ताँती लागेको छ। जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङलेसमेत मेयरमा भिड्ने आकांक्षा राखेका छन्।

नेकपा एमाले : डम्बर अर्याल, बालकृष्ण देउजा, कृष्णगोपाल तामाङ, मित्रलाल चौलागाई

नेपाली कांग्रेस : आइतामान तामाङ, बसन्त गुरुङ, मधुसुधन सिग्देल

माओवादी केन्द्र : चन्द्रबहादुर थापा, सिपी दुलाल

राप्रपा : कुमारी तामाङ ,बोल बहादुर तामाङ ,गोपिकृष्ण चौलागाईं

पाँचपोखरी थाङपाल गाउँपालिका

पाँचपोखरीमा यसअघि एमालेका टासी लामा गाउँपालिका प्रमुख रहेका छन्। यसपटक यहाँ स्वतन्त्रबाट सगरमाथा आरोही माया गुरुङले उम्मेद्वारी घोषणा गरिसकेकी छन्।

नेकपा एमाले : टासी लामा ह्योल्मो, निर्मल बन्जरा, माधव पाण्डे, सोमर बम्जन

नेपाली कांग्रेस : पासाङ दोङ, देवेन्द्र खत्री

माओवादी केन्द्र : दोर्जे तामाङ, गोपाल स्याङबो

राप्रपा : उदय सापकोटा, भुनु पाख्रीन

हेलम्बु गाउँपालिका

हेलम्बुमा गत स्थानीय निर्वाचनमा कांग्रेसका निमाग्याल्जेन शेर्पा निर्वाचित भएका हुन्। यसपटक गठबन्धन भएमा यहाँ कांग्रेसले नै टिकट पाउने छ। शेर्पा प्रमुखमा पुन दोहोरिने दाउमा छन्।

नेकपा एमाले : अर्जुन भण्डारी, दावा ह्योल्मो

नेपाली कांग्रेस : निमाग्याल्जेन शेर्पा

माओवादी केन्द्र : भरत थापा

राप्रपा : हरी गुरुङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell