PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ब्यारेकमा गोली लागी घाइते सैनिकको उपचारको क्रममा मृत्यु



ब्यारेकमा गोली लागी घाइते सैनिकको उपचारको क्रममा मृत्यु
प्रतीकात्मक फोटो : tribuneindia.com

बुटवल : कपिलवस्तुको गोरुसिङ्गेस्थित नेपाली सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सिपाही कोपिला राजवंशीको उपचारको क्रममा मृत्यु भएको छ।

उक्त गणमा कार्यरत २४ वर्षीया राजवंशीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा बिहीवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक जेसी शाहले जानकारी दिए।

राजवंशी बुधवार साँझ ७ बजे पेटमा गोली लागेको अवस्थामा फेला परेकी थिइन्। गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको थियो।

राजवंशीले ड्युटीमा रहेको बेला आफैले बोकेको एम १६ राइफलले गोली हानेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell