PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मातातिर्थबाट वितरण गर्न लागिएको ११० थान साडी प्रहरीले लियो नियन्त्रणमा



मातातिर्थबाट वितरण गर्न लागिएको ११० थान साडी प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं : चन्द्रगिरी नगरपालिका वडा ८ मातातिर्थमा वितरण गर्न लागेको साडी प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार नगरपालिकाले साडी पाउँ भनी निवेदन दिनेलाई दुई बजेभित्र वडा ८ को कार्यालयमा आइपुग्न सूचना जारी गरिएको थियो।

सूचना थाह पाए पछि प्रहरी पुग्दा वडा कार्यालयको भवनबाट स्थानीय महिला समूहलाई बितरण गर्न तयारी अवस्थामा राखिएको साडी थान-११० नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। निर्वाचन आचारसंहिता विपरित वितरण गर्न लागिएको साडी नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको थानकोट प्रहरीले जनाएको छ।

'उक्त सूचनाको आधारमा तत्कालै प्रहरी बृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा चन्द्रागिरी नगरपालीका वडा नं. ८ को वडा कार्यालयको भवनबाट स्थानीय महिलासमूहलाई बितरण गर्न तयारी अवस्थामा राखिएको साडी थान-११० नियन्त्रणमा लिइएको,' प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, 'उक्त घटनाको सम्बन्धमा प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको छ।'

सूचनामाथि आलोचना बढेपछि वडाध्यक्ष सन्तोष खड्काले भने भ्रमात्मक सूचना प्रकाशित भएको दाबी गरेका थिए। उनले एक विज्ञप्ति जारी गर्दै भनेका थिए,' साडी वितरण गर्ने भनि भ्रमात्मक सूचना प्रकाशित भएकोमा त्यस्ता प्रकारका कुनै कार्यक्रम नभएको व्यहोरा यो सूचनामार्फत जानकारी गराइएको व्यहोरा अनुरोध छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell