PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

वीरगंजमा जसपालाई धक्का : वडा २२ का अध्यक्ष एमाले प्रवेश



वीरगंजमा जसपालाई धक्का : वडा २२ का अध्यक्ष एमाले प्रवेश

वीरगंज : स्थानीय तहको चुनावको उम्मेदवारी मनोनयनको पूर्व सन्ध्यामा वीरगंज महानगरपालिका वडा नं २२ मनियारीका अध्यक्ष ग्यासुद्दीन मियाँ मन्सुरी एमालेमा प्रवेश गरेका छन्। गएराति एमालेबाट वीरगंजको मेयरका उम्मेद्वार बनेका विजय सरावगीको निवास पुगेर उनी एमाले प्रवेश गरेका हुन्।

योसँगै जनता समाजवादी पार्टीलाई वीरगंजमा फेरि धक्का पुगेको छ। तत्कालिन समाजवादी पार्टी नेपालको तर्फबाट गत चुनावमा १ हजार ८७ मत ल्याई मन्सुरी वडा अध्यक्षमा निर्वाचित भएका थिए। यसअघि उनी जसपा छाडेर लोसपा प्रवेश गर्ने चर्चा चलेको थियो।

तर राजेशमान सिंह एमाले हुँदै जसपामै आइसकेपछि उनलाई एमालेका नेताहरुको प्रयासमा पार्टी प्रवेश गराइएको एमाले पर्सा इन्चार्ज प्रभु हजराले बताए। पार्टी प्रवेश गरी उनले आफू वीरगंजका पूर्व मेयर सरावगीसँग निकै प्रभावित भएको र राष्ट्रिय पार्टी भएकोले एमालेमा प्रवेश गरी जनताको सेवा गर्न चाहेको धारणा राखे।

वीरगंजमा सत्ता गठबन्धनको तर्फबाट जसपालाई मेयर र कांग्रेसलाई उपमेयरको भागबण्डा लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell