PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस



चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले आइतवार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसले तयारी गरेको छ।

यसअघि एमाले, एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरिसकेको छ। स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक भइरहेको छ।

कांग्रेसले स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको उम्मेद्वारको टुंगोसमेत लगाउन सकेको छैन। उम्मेद्वार टुंगो लगाउन शुक्रवार र शनिवार डाकिएको केन्द्रीय सम्पादन समितिको बैठक स्थगित भएको छ। सहमति जुटेमा आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइने तयारी कांग्रेसले गरेको छ।

यद्यपि वागी उम्मेद्वारको डरले कांग्रेसले अन्तिम समयमामात्र उम्मेद्वार टुंगो लगाउने नीति लिएको बताइएको छ। आज दिउँसो ३ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइएको छ। उक्त बैठकपछि कांग्रेसले उम्मेद्वारको टुंगो लगाउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell