PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

काठमाडौंका धारामा पठाइयो मेलम्चीको पानी



काठमाडौंका धारामा पठाइयो मेलम्चीको पानी

काठमाडौं : आज बिहान ९ बजेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण सुरु भएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले नयाँ बानेश्वरस्थित केयूकेएलको कार्यालय पुगेर पानी वितरणको थालनी गरेका हुन्।

गत चैत २९ गते सिन्धुपाल्चोकका हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स क्षेत्रको वैकल्पिक सुरुङबाट पानी पठाउन सुरु गरिएको थियो। गत मंगलबार पानी सुन्दरीजल आइपुगेको हो।

केयुकेएलका कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाइपबाट २ करोड लिटर प्रत्येक दिन वितरण हुने बताए। उनले काठमाडौंको नयाँ १ लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिए।

उनले काठमाडौं उपत्यकाको ४३ लाख जनसंख्यालाई लक्षित गरेर केयुकेएलले काम गरिरहेको भए पनि हाललाई ४ सय १० किलोमिटर पाइपलाइनमा मात्र पानी वितरण हुने जानकारी दिए। आइतबारदेखि केयुकेएलले महाँकाल चौर, मिनभवन, अनामनगर, बाँसबारी, महाराजगंज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमिको तिगेरी र कटुन्जे रिजर्भ्वायर ट्यांकीबाट पानी वितरण गर्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell